प्रकृति लम्सालको शंकास्पद मृत्युको घटनापछि उत्पन्न परिस्थितिबारे परराष्ट्रमन्त्रीले संसदलाई जानकारी गराउनुपर्छ - अध्यक्ष लिङ्देन

फाइल फाेटाे
काठमाडौं - राप्रपाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा भएको घटनाका सम्बन्धमा सदनमा जानकारी गराउन सरकारसँग माग गरेको छ ।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रकृति लम्सालको शंकास्पद मृत्युको घटनापछि उत्पन्न परिस्थितिका विषयमा सामाजिक सञ्जालमा नभइ परराष्ट्रमन्त्री वा सम्बन्धित निकायले संसदलाई जानकारी गराउनुपर्ने माग गरेका हुन् ।
उक्त घटनाको कूटनीतिक तवरले अनुसन्धान गर्न उनले बताए । अध्यक्ष लिङ्देनले देशको शैक्षिक वातावरण र भविष्य ठीक नभएकाले लाखौँ विद्यार्थीहरू पढ्नका लागि विदेश जान बाध्य भएकोले सरकारले यस घटनाबाट पाठ सिक्नुपर्ने धारणा राखे ।
उनले अहिले देशको अवस्था ठीक छैन भन्ने कुरा र छिमेकीहरूले नेपाललाई हेर्ने दृष्टिकोण पनि तल्लो स्तरको छ भन्ने यसबाट प्रमाणित भएको उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया