संसद्

ई-कमर्श विधेयक सर्वसम्मतिले पारित

इकागज |
फागुन ६, २०८१ मंगलबार १८:५० बजे

काठमाडौं - विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ सर्वसम्मतले पारित गरेको हो।


प्रतिनिधि सभामा सरकारको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्ताव माथि सांसदहरुले छलफल गरिसकेपछि मन्त्री भण्डारीले संसदहरूले उठाएका प्रश्नको जबाफ दिएका थिए ।

मन्त्री भण्डारीको प्रस्ताव गरे लगत्तै सभामुख देबराज घिमिरेल विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ लाई पारित गरिएको घोषणा गरेका हुन् । 
 


Author

थप समाचार
x