संसद्

प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ?

इकागज |
फागुन १२, २०८१ सोमबार ७:२१ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षीक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।


त्यस्तै गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

त्यस्तै आज सांसद शेरबहादुर कुँवरले ध्यानाकर्षण प्रस्ताव र सांसद राजेन्द्र बजगाईंले जरूरी सार्वजनिक महत्वक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।


Author

थप समाचार
x