संसद्मा देवेन्द्र पौडेलको प्रश्न : उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ?

फाइल तस्बिर
काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल बनाएर के गल्ती गरे भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले कुलमानलाई हटाउने हल्ला चलाइएको भन्दै कुलमानले उज्यालो नेपाल बनाएर के गल्ती गरे भन्दै प्रश्न गरेका हुन् ।
उनले भने,‘अहिले कुलमानलाई बिहानै हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ भनिँदैछ । उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ? घाटामा गएको प्राधिकरणलाई नाफामा लगेर के गल्ती गरे कुलमानले ? मुलुकलाई लोडसेडिङमुक्त गरेर के गल्ती गरे कुलमानले ? भारत र बंगलादेशमा बिजुली बेच्ने निर्णय गरेर के गल्ती गरे ? बरु सम्मान गर्नुपर्छ ।’
सांसद पौडेलले विद्युत्को बक्यौता नतिर्नेको लाईन काटिनुपर्ने आवाज उठाए । तर, महसुल तिर्नेहरूको नै लाइन काटिएको भन्दै उनले आपत्ति जनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया