संसद्

प्रतिनिधिसभामा आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धिसम्बन्धि अध्यादेश स्वीकृत

इकागज |
फागुन २१, २०८१ बुधबार १७:३५ बजे

काठमाडौं - प्रतिनिधि सभाबाट आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ स्वीकृत भएको छ ।  

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गरेको सो अध्यादेश प्रतिनिधि सभामा बहुमतले स्वीकृत गरेको हो ।


सांसद रणेन्द्र बरायलीले सो अध्यादेश अस्वीकृत गरिओस् भन्ने प्रस्ताव राखेका थिए । विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि अध्यादेश स्वीकृतिका लागि सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए । 

आजै यस अघि निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ पनि बहुमतले स्वीकृत गरेको थियो । 


Author

थप समाचार
x