राष्ट्रिय सभाबाट आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धिसम्बन्धि अध्यादेश स्वीकृत

काठमाडौं- राष्ट्रिय सभाको बैठकले आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ स्वीकृत गरेको छ ।
जारी बैठकमा सांसद गंगा बेल्बासे क्षेत्रीले राखेको अध्यादेश अस्वीकृतको प्रस्ताव बहुमतले अस्वीकार भएपछि सरकारको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गरेको अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।
यसअघि राष्ट्रिय सभाले अन्य तीन वटा अध्यादेश पारित गरेको थियो भने, आजकै बैठकले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, पनि स्वीकृत गर्ने कार्यसूची छ ।
यी सबै अध्यादेश हिजो प्रतिनिधि सभाबाट पनि बहुमतले पारित गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया