'निकासी पैठारी विधेयकमाथि विचार गरियोस्' भन्ने प्रस्ताव स्वीकृत

फाइल फोटो
काठमाडौं- ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
विधेयक सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दै सभामुख देवराज घिमिरेले विधेयकमाथि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सांसदलाई संघीय संसद् सचिवालय सिंहदरबारमा पेस गर्नसक्ने जानकारी दिए ।
सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ भन्ने प्रस्ताव प्रतिनिधिसभासमक्ष पेस गरेका गरेका थिए । मन्त्री भण्डारीले विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ समेत दिएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया