संसद्

शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण - अर्जुन नरसिंह केसी

इकागज |
फागुन २७, २०८१ मंगलबार १४:४८ बजे

फाइल फाेटाे

काठमाडौं - नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै केसीले शिक्षकसँग सरकारले गरेको सहमति कार्यान्वयन नहुनु खेदजनक र निन्दनीय भएको भन्दै तत्काल सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् । 


सरकारले पटक पटक गरेका सहमतिको पालना गर्दै तत्काल शिक्षकहरूसँग वार्ता र सम्वाद गर्न उनले माग गरे । केसीले विधालय ऐन जारी गर्ने लगायतका विभिन्न मागहरूको समाधान गर्न समेत उनले आग्रह गरे । 

आफूहरूसँग सरकारले गरेको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने भन्दै देशभरका शिक्षकहरू अहिले आन्दोलित भएका छन् ।


Author

थप समाचार
x