रघुजी पन्तले दिए ज्ञानेन्द्र शाहीलाई चेतावनी: मसँग बहस गर्ने हो भने इतिहास पढेर आउनू

काठमाडौं - नेकपा एमालेका सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद पन्तले आफ्नो धारणा राख्ने क्रममा राप्रपाका सांसद शाहीले विरोध गरेपछि पन्तले आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन चेतावनी दिएका हुन् ।
सांसद पन्तले २०१२ सालमा छापिएको हुलाक टिकटमा चुच्चे नक्सा रहेको तर २०१७ सालपछि पञ्चायतपछि चुच्चे नक्सा हराएको भन्दै त्यसको जबाफ मागेका थिए । उनले गणतन्त्र आएपछि चुच्चे नक्सा ल्याएको बताए । चुच्चे नक्सा छापिएपछि कसरी राष्ट्रियता कमजोर भएको भन्दै पन्तले प्रश्न गरे ।
उनले राजावादीहरुको पछिल्लो आन्दोलनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रयोग गरिएकोबारे पनि प्रश्न उठाउँदै भने- 'तपाईंहरु जुलुस निकाल्नुहुन्छ, राजावादीहरूको भनेर । त्यहाँ यसो हेर्यो, सबभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश । यही हो देशभक्ति ? देशभक्तिको नमुना यही हो ?’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया