संसद्

सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग

इकागज |
चैत ४, २०८१ सोमबार १४:४० बजे

फाइल फाेटाे

काठमाडौं - सांसदहरुले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग गरेका छन् । आज राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद धनश्याम रिजाल गत साउनमा दुर्घटना भएका सौर्य एयरसलाइन्सको दुर्घटनाबारे सत्यतथ्य छानबिनको माग गरे । 

“उक्त जहाज दुर्घटना भएको आठ महिना बितिसक्दा पनि छानबिन गरेर प्रतिवेदन तयार गर्न सकेको छैन । दुर्घटनामा ज्यान घुमाउने मृतकका आफन्तले छानबिनको माग गरिरहेका छन् । उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानआकर्षण गराउन चाहन्छु,” उनले भने । 



Author

थप समाचार
x