संसद्

यौन व्यवसायलाई कानुनी मान्यता दिने धारणा गलत : सांसद कोइराला

इकागज |
चैत ४, २०८१ सोमबार १४:४५ बजे

फाइल फाेटाे

काठमाडौं - सांसद रुक्मिणी कोइरालाले यौन व्यवसायलाई कानुनी मान्यता दिने धारणा गलत भाष्य स्थापित गर्न खोजेको भन्दै आपत्ति जनाएकी छिन् । आज राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद बोल्दै सांसद कोइरालाले आपत्ति जनाएकी हुन् । 

यस्तै सांसद विष्णुकुमारी सापकोटाले पूर्वविशष्टहरूलाई आजीवन सेवा सुविधा उपलब्ध गराउन नहुने धारणा राखिन् ।  


सांसद विष्णुदेवी पुडासैनीले भने भत्काइएका सडकको समयमै  निर्माण गर्नुपर्नेमा जोड दिएकी छिन् । शून्य समयमा बोल्दै सांसद विष्णुबहादुर विश्वकर्माले बालबन्दी गृहमा लागुऔषध भित्रिएको भन्दै सत्यतथ्य छानबिनको माग गरेकी छिन् । 

बैठकमा सांसदहरु श्रीकृष्णप्रसाद अधिकारी र पदमबहादुर परियारले पनि विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए । 


Author

थप समाचार
x