प्रतिनिधिसभाको बैठक बस्दै, नागरिकता विधेयक पारित गरिँदै

फाइल तस्बिर
काठमाडौँ- प्रतिनिधिसभाको बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११:०० बजेबाट सुरू हुनेछ ।
संघीय संसद सचिवालयका अनुसारका आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।
राष्ट्रियसभामा उत्पति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।
गृहमन्त्री रमेश लेखकले ‘सशष्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन भने ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । र, उक्त विधेयकमाथि प्राप्त संसोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
साथै, सो विधेयक आजै पारित गर्ने योजना रहेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया