संसद्

पुन:स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा आएनन् ओली

इकागज |
साउन ३, २०७८ आइतबार १७:२७ बजे

काठमाडौँ - पुन:स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उपस्थिति जनाएका छैनन् । सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुन:स्थापना भएसँगै नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लागेका छन् ।

 संसद् सचिवायमा कार्यरत कर्मचारीहरूले यो समाचार तयार पार्दासम्म ओलीलाई नदेखेको जानकारी इकागजलाई दिए । यसअघिको पुन:स्थापित प्रतिनिधि सभामा पनि ओली बस्ने गरेका थिएनन् । बैठक बस्नुअघि र पछि संसद् भवनमा आएपनि उनी बैठकमा बस्ने गरेका थिएनन् । 


सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुर्नस्थापना गरेपछि पहिलोपल्ट आइतबार प्रतिनिधि सभा बैठक बस्न लागेको हो । देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 


Author

थप समाचार
x