संसद्

'एउटै घटनाबाट सरकारको परालको खुट्टो उदाङ्गो भयो'

इकागज |
साउन २०, २०७८ बुधबार १३:३८ बजे

काठमाडौँ  - राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले दार्चुला घटनामा सरकार मौन बसेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले सरकारले खुट्टा कमाएको बताए । दार्चुलामा घटेको एउटै घटनाले सरकारको परालको खुट्टो उदाङ्गो भएको टिप्पणी

 गरे ।


‘दार्चुलामा तुइनमा यात्रा पर्दा दुखद घटना घट्यो । एसएसबीका जवानले तार काटिँदिँदा एक जना बेपत्ता भए,’ उनले भने, ‘अहिलेसम्म न सास न लास(शव)को पत्तो छ । परामादेश सरकारले खुट्टा किन कमाएको हो ? देखि जान्ने साथीहरूले यो कुरा भनिरहेको छन् । भारतीय एसएसबीले तार काटिँदिएपछि उनी नदीमा बेपत्ता भएका हुन् । प्रधानमन्त्री देउवाले समकक्षीसँग सम्वाद गर्नुपर्ने होइन ? एसएसबीको जवानलाई तत्काल कारबाही गराउनुपर्ने होइन ? तर, सरकार सुनसान छ । केही गर्न सकिराखेको छैन । एउटै घटनाबाट सरकारको परालको खुट्टो उदाङ्गो भयो ।'


Author

थप समाचार
x