गतिरोध अन्त्यको प्रयास
संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँग छलफल गर्दै सभामुख सापकोटा
![](https://ekagajcdn.prixacdn.net/media/albums/agni-sapkota_CM8pySprPN.jpg)
काठमाडौँ - प्रतिनिधिसभामा जारी अवरोध अन्त्य गर्न आज सोमबार सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सापकोटाले आज दिउँसो संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताहरूसहितको सर्वदलीय बैठक बोलाएका हुन् । बैठक दिउँसो साढे २ बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्नेछ । सर्वदलीय छलफल संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रित रहने सभामुखको सचिवालयले जनाएको छ ।
गृहमन्त्री बालकृष्णा खाणले संवाद, छलफल र वार्ताको माध्यामबाट संसद्मा देखिएको समस्या समाधान गर्न बैठक बोलाइएको बताए । संवादको माध्यामबाट ती समस्या समाधान गर्न सकिने विश्वास उनले व्यक्त गरे । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण आजित बनेका सभामुखले चालू अधिवेशनमा बैठक चलाउनै सकेका छैनन् ।
छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल, नेकपा एसका संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया