संसद्

प्रतिनिधि सभा बैठक सर्ने

इकागज |
कात्तिक २, २०७८ मंगलबार १३:५२ बजे

काठमाडौँ- प्रतिनिधि सभा बैठक अब कात्तिक ११ गते मात्र बस्‍ने भएको छ । संसद्‌ सचिवालयले सूचना टाँस्दै बैठक सार्न लागेको हो ।

दसैँ विदा हुनुअघि स्थगित भएको बैठक कात्तिक ९ गतेका लागि तोकिएको थियो । तर त्यस दिन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पालिका अधिवेशन भएकाले कात्तिक ११ गते सारिएको संसद्‌ सचिवालय स्रोतले जनाएको छ । चालु अधिवेशनभर एमालेले सभामुखविरुद्ध नाराबाजी गर्दै संसद्‌ सुचारु हुन दिएको छैन ।


त्यस्तै राष्ट्रिय सभाको बैठक पनि सूचना टाँसेर अनिश्‍चित छ ।


Author

थप समाचार
x