संसदीय समितिले सरकारलाई सोध्योः ‘फास्ट ट्रयाक’को अवधि किन लम्बियो ?
काठमाडौंःप्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको काठमाडौं-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को अवधि तीन वर्ष पथ गरेको विषयमा सरकारसँग जवाफ मागेको छ । समितको बुधबार बसेको बैठकले आयोजनाको अवधि तीन वर्ष थप गर्नुको कारण र आधारहरु समितिमा पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलाई निर्देशन दिएको छ ।
काठमाडौं-तराई-मधेस द्रुतमार्गका विषयमा समितिले यसअघि दिएका निर्देशनहरुलाई आधार मानेर सरकारसँग जवाफ मागिएको समिति सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन् । ‘आयोजनाको समयावधी एकै पटक पुनः ३ वर्ष थपिनुको कारण एवं आधारहरु के के हुन, स्पष्ट रुपमा समितिमा पेस गर्न समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन गर्दछ,’ समितिले दिएको निर्देशनमा भनिएको छ ।
कुनैपनि आयोजना सुरुवात गर्नुपूर्व मुलुकको आर्थिक क्षमता श्रोत साधनलगायतका विविध पक्षहरु आकलन गरेर मात्र राष्ट्रिय गौरवका आयोजनाहरुको सुरुवात गर्नसमेत समितिले सरकारलाई निर्देशन दिएको छ । त्यस्तै ‘फास्ट ट्रयाक’ समयमै पूरा गरेर आम जनताको आकांक्षा र विश्वास पूरा गर्न र नेपाली सेनाको प्रतिष्ठा कायम राख्नसमेत समितिको निर्देशन छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया