कोरम नपुगेपछि संसदीय सुनुवाइ समिति बैठक स्थगित
समिति सभापति लक्ष्मणलाल कर्ण/ फाइल तस्बिर
काठमाडौँ - कोरम नपुगेपछि संसदीय सुनुवाइ समिति बैठक स्थगित भएको छ । सिंहदरबारमा आइतबार बोलाइएको बैठकमा अधिकांश सांसदहरू उपस्थित नभएका कारण बैठक स्थगित भएको हो ।
आइतबारको बैठकमा नपुग्दा भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ हुन नसकेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। १ घण्टा पर्खिदा पनि कोरम नपुगेपछि बैठक मंसिर १७ गतेसम्मका लागि स्थगीत गरिएको उनले बताए ।
समितिका सभापति कर्णले एमाले, माओवादी लगाएतका दलहरूको अधिवेशन चलिरहेकाले सांसदहरू उपस्थित हुन नसकेको जानकारी आएको बताए । गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सफारिस गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया