रक्तदान गरेर संसद दिवस मनाइयो
काठमाडौँ - १५ औं संघीय संसद दिवस २०७८ का अवसरमा सिंहदरबारमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
संघीय संसद सचिवालयले आयोजना गरेको रक्तदान कार्यक्रमको सभामुख अग्निप्रसाद सापकोटाले शुभारम्भ गरे । उनले कोरोनाको जोमिख कायम रहेका बेला भएको रक्तदानको निकै ठूलो महत्व रहेको बताए ।
संघीय संसद दिवसका कार्यक्रमहरु निकै राम्रोसँग अघि बढिरहेको भन्दै उनले सबै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा सभामुख सापकोटाले रक्तदान गर्नेलाई प्रमाणपत्र वितरण गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया