संसद्

प्रतिनिधिसभा बैठक पुस ६ गते बस्ने

इकागज |
मंसिर २८, २०७८ मंगलबार १४:३५ बजे

काठमाडौँ - प्रतिनिधिसभाको अर्को बैठक आउँदो पुस ६ गते बस्ने भएको छ । एमाले सांसदहरुले नाराबाजी गरेपछि पुस ६ गते मंगलबार दिनको १ बजे बैठक बस्ने भएको हो ।

आजकाे बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट संसदको १०औँ अधिवेशन सुरु भएको पत्र वाचन गरेका थिए  । 


एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए । 

मंगलबारबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा पनि उनीहरुले नाराबाजी गरेका हुन् । 


 

 


Author

थप समाचार
x