संसद्

यौन हिंसाविरुद्धका ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

इकागज |
पुस ६, २०७८ मंगलबार १३:४९ बजे

काठमाडौँ - प्रतिनिधिसभाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८लाई स्वीकृत गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सो अध्यादेशलाई स्वीकृत गरेको हो ।

यसअघि सांसद् प्रेम सुवालको यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८लाई अस्वीकार गरियोस् भन्ने सूचनालाई बैठकले अस्वीकृत गरेको थियो । 


यसपछि निर्णायार्थ प्रस्तुत गरिएको सो अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो ।


Author

थप समाचार
x