आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं – आज (बुधबार) प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद् सचिवालयकाअनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
त्यसैगरी आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणल ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन), ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश स्वीकृतिका लागि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
मंगलबार पनि प्रतिनिधि सभाको बैठक बसेको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभामा निरन्तर अवरोध गर्दै आएको छ । मंगलबारको बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए। एमालेको नाराबाजीका कारण केही समय बसेर स्थगित भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया