संसद्मा आज यी अध्यादेश पेस हुँदै
काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा चार वटा अध्यादेश पेस गरिने सम्भावित कार्यसूची छ । ती अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ ।
एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालु १०औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो ।
संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको आजको बैठकको सम्भावित कार्यसूची
- राष्ट्रपतिको कार्यालयको पत्र सम्माननीय सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने ।
- प्रेम सुवालले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने ।
- गृह मन्त्री बालकृष्ण खांणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
- प्रेम सवालले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नुहुने।
- गृहमन्त्री बालकृष्ण खाणले ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
- प्रेम सुवालले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने ।
- गृह मन्त्री बालकृष्ण खांणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
- प्रेम सुवालले ‘रेल्वे अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने ।
- भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया