आज पनि संसद्मा एमाले सांसदको नाराबाजी
फाइल तस्बिर
काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद् बैठकमा नाराबाजी गरिरहेका छन् । संसद्को १०औँ अधिवेशनको तेस्रो बैठक बुधबार बसिरहेको छ ।पहिलो र दोस्रो बैठकमा जस्तै बुधबार बसिरहेको तेस्रो बैठकमा पनि एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् ।
एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूले संसद्को नवौँ अधिवेशनका सबै बैठकमा पनि नाराबाजी गरेका थिए भने १०औँ अधिवेशनका चालु बैठक पनि अवरोध गरिरहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया