राष्ट्रिय सभा निर्वाचन: गठनबन्धनले टुंग्यायो उम्मेदवार
सुर्खेत - राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशबाट नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)लगायत गठनबन्धन दलहरूले उम्मेदवारको टुङ्गो लगाएका छन् ।
नेकपा माओवादी केन्द्रको तर्फबाट सुर्खेतका नरबहादुर विष्ट, नेपाली कांग्रेसबाट सुर्खेतकै सहिद पत्नी दुर्गा गुरुङ र नेकपा एकीकृत समाजवादीबाट सल्यानका उदय बोहोरा उम्मेदवार बनाउने गठबन्धन दलहरूले निर्णय गरेका हुन् ।
यसभन्दा अघि नै एमालेले राष्ट्रियसभाका उम्मेदवार चयन गरि सकेको छ । एमालेका चुडामणि शर्मा तथा गंगा थापा महत र पदमबहादुर माझीको नाम टुङ्गो लगाएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया