संसद् बैठक फेरि सर्यो
काठमाडौँ- प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । पुस २२ गते बोलाइएको बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ । संसद् बैठक पुस २८ गते १ बजे बस्ने संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।
नेकपा एमालेको जिल्ला अधिवेशनका कारण प्रतिनिधि सभा बैठक सारिएको बताइएको छ । यसअघि पुस १८ बस्ने तय भएको बैठक पनि बस्दै नबसी पुस २२ गतेलाई सारिएको थियो ।
संघीय संसद्अन्तर्गतका दुवै सदनमा नेकपा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । एमालेको अवरोधका कारण संसद्ले प्रभावकारीरूपमा काम गर्न सकेको छैन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया