प्रतिनिधिसभाको आजको बैठक स्थगित, अर्को बैठक माघ १६ मा
फाइल फाेटाे
काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । कोभिड संक्रमण बढिरहेको भन्दै संसद सचिवालयले सूचना जारी गर्दै आजको बैठक स्थगित गरेको हो ।
अर्को बैठक माघ १६ गते दिउँसो १ बजे बस्ने सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।
संघीय संसद्अन्तर्गतका दुवै सदनमा नेकपा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । एमालेको अवरोधका कारण संसद्ले प्रभावकारीरूपमा काम गर्न सकेको छैन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया