संविधान निर्मातालाई पूर्वसभामुख ढुंगानाको प्रश्न—अनन्त अवरोधका लागि संसद्को तर्जुमा गर्नुभएथ्यो ?
काठमाडौँ – पूर्व सभामुख दमननाथ ढुंगानाले लामो समयदेखि सदन अवरुद्ध भएकोमा असन्तुष्टि जनाएका छन् । कोभिड–१९ महामारीमा जनजीवन खल्बलिएका बेला संघीय संसद्अन्तर्गतका दुवै सदन अवरुद्ध भएकोमा ढुंगानाले असन्तुष्टि जनाएको हुन् । संविधान निर्मातालाई उनले प्रश्न गरेका छन्, ‘अनन्त अवरोधका लागि संसद्को तर्जुमा गर्नुभएथ्यो ? सत्ता पक्षले पनि बुझोस् यो राष्ट्रिय लाचारीको विषय हो ।’
नेकपा एमालेको अवरोधका कारण संघीय संसद्अन्तर्गतका दुवै सदन लामो समयदेखि अवरुद्ध छन् । सदन सन्चालनका लागि सरकारले पटक-पटक प्रयास गरे पनि गतिरोध अन्त्य हुन सकेको छैन ।
— Daman Nath Dhungana (@daman_nath) January 17, 2022
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया