राष्ट्रिय सभाको विशेष समयमा विडारी
‘नेपाल आमाले ग्वाँ–ग्वाँ रोइराखेको अवस्था छ’
काठमाडौं : राष्ट्रिय सभाका सांसद् रामनारायण विडारीले नेपाल आमा रोइरहेको बताएका छन् । राष्ट्रिय सभा हिउँदे अधिवेशनको विशेष समयमा बोल्दै बिहीबार विडारीले नेपाल आमाले गुहार मागिरहेकोसमेत बताए ।
‘नेपाल आमाको चित्कार छ, अहिले ग्वाँ ग्वाँ रोइराखेको अवस्था छ, गुहार गुहार मलाई आपत पर्यो’, उनले भने,‘संविधान नास भयो भनेर कराइरहेको छ, किसानको विचल्ली भएको छ, मदजुरको ज्ञान सीप बेकार भएको छ ।’
धन, मान र मोज खोसाखोस गर्ने मतियारहरू अहिले हेरेर बसिरहेकोसमेत विडारीले प्रष्ट पारे । ‘कहिले पार्टी फुट्ला र मन्त्री टिपुँला, कहिले पार्टी फुट्ला र फेरि मन्त्री पाउँला हेरेर बसिरहेको छन्’, उनले भने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया