राष्ट्रिय सभामा पन्थको प्रश्न :
प्रधानमन्त्री भएपछि संविधान पढ्नु पर्दैन ?
काठमाडौं : राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नै नपढेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै पन्थले प्रधानमन्त्री ओलीले संविधान नै बिर्सिएको आरोप लगाएका हुन् ।
उनले भने- ‘संविधानअनुसार प्रधानमन्त्री भएको उहाँले बिर्सिनु भयो, उहाँले २०४७ सालको संविधान पढ्नुभयो, प्रधानमन्त्री भएपछि संविधान पढ्नु पर्दैन ? संविधान पुनः एकपटक पढ्न अनुरोध गर्न चाहन्छु ।’
साथै उनले सदनको दुईमध्ये एउटा पाङ्ग्रो भाँचिएको टिप्पणी गरे । ‘सदनको एउटा पांग्रो भाचिएको छ । एउटाले हिडिरहेका छौं । संकटग्रस्त अवस्थामा अघि बढिरहेका छौं । अनिश्चितताकाबीच अघि बढिरहेका छौं ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया