राष्ट्रिय सभामा कांग्रेस सांसदको प्रश्न
व्यवस्था नै धरापमा पर्ने त होइन ?
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद् तारादेवी भट्टले राष्ट्रिय सभामा बैठकमा नेपाल कतातिर गइरहेको छ भन्ने प्रश्न उठाएकी छन् । हिउँदे अधिवेशनको तेस्रो बैठकलाई सम्बोधन गर्दै शुक्रबार भट्टले व्यवस्था नै धरापमा पर्ने त होइन भन्ने प्रश्न उठाएकी हुन् ।
'हामी कतातिर गइरहेका छौं, हाम्रा क्रियाकलापले व्यवस्था नै धरापमा त पर्ने होइन ? डराउनुपर्ने अवस्था आएको छ', उनले भनिन् ।
नेकपा सरकारलाई जनताले पाँच वर्षको म्यान्डेट दिएको भट्टले प्रष्ट पारिन् । 'जनताले नेकपाको सरकारलाई पाँचा वर्षको लागि फ्रेस म्यान्डेट दिएकै हो, यहाँ प्रश्न के खडा भएको छ भने आफ्ना सहयात्री र पार्टीभित्र समस्वय गर्न नसक्नेले विदेशमा कसरी कुटनीति कायम गरेका होलान् ?', उनले प्रश्न गरिन्,'जनताका लागि काम नगर्ने सरकार यो कसको सरकार हो ?'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया