संसद्

बागमती प्रदेश : अर्थमा सिलवाल र शिक्षामा पोखरेल निर्विरोध

इकागज |
माघ १७, २०७८ सोमबार १७:१९ बजे

मकवानपुर – बागमती प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समितिको सभापतिमा नारायणबहादुर सिलवाल र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा केशवप्रसाद पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेशसभा सचिवालयका सह–प्रवक्ता उमेशराज सोतीका अनुसार दुवै समितिको सभापति पदको लागि आइतबार भएको मनोनयनमा एक–एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरूलाई स्वतः सभापति घोषणा गरिएको हो ।


दुवै समितिको आज निर्वाचन कार्यक्रम तय भएको थियो । दुवै समितिमा उम्मेदवार एक जना मात्रै भए पनि मतदान गर्न नपर्ने भएको हो । सिलवाल र पोखरेल दुवै जना नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेका थिए ।

उनीहरू दुवैजना काठमाडौँ निवासी हुन् । दुवै समितिमा सत्ता गठबन्धन र अन्य दलको तर्फबाट भने उम्मेदवारी परेको थिएन । अर्थ तथा विकास समितिमा २० जना सदस्य र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ जना सदस्य रहेका छन् ।


Author

थप समाचार
x