संसद्

ओलीको रेस्लिङ कथा : मैदान घोषणा गरिएको छ, रिङमा आउनाेस् !

इकागज |
पुस २६, २०७७ आइतबार १४:१५ बजे

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले  रेस्लिङ खेलको उदारहण दिँदै आफू विरोधी नेताहरूलाई चुनौति दिएका छन् । आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै उनले रेसलिङ खेलको कथा सुनाए ।  

रेसलिङ खेलबारे उनले भने -


मैले कतिपय ठाउँमा भन्ने गरेको छु । रेसलिङ खेल्दा खेरी कहिलेकाहीँ खेलाडीहरूले खुब आफ्नो फुर्ति देखाउँछन् । फूर्तिदेखाएर खेल्नु कहाँ छ कहाँ पहिल्यै बेल्ड देखाएर यस्तो (काँधमा सप्को हालेको इसारा गर्दै) गर्छन् । र आफूले लगाइ टोपल्छन् । अनि रेफ्रीले बेल्ड खोस्छ र जितेपछि लगाउला भनेर राख्छ । खेरै नखेलिकन थुप्रै रेसलरहरू देखिए । अब मैदान घोषणा गरिएको छ,  सबै तयार भएको छ रिङमा आउँनुस् ।

आफ्नो लोकप्रियता मौदानमा गएपछि मात्र थाहा हुनेसमेत उनले बताए । उनले भने, ‘विल्कुल र जिम्मेवारीबोधका साथ यो काम गरेको हुँ । केपी ओलीको लोकप्रियता जिरोमा छ कि मैदानमा गएर हेरौं ।’

ताजा जनादेश लिने भनेपछि आफू विरोधी नेताहरू डराएकोसमेत उनले प्रष्ट पारे । रेस्लिङ खेलको थप उदारहण दिँदै ओलीले भने, ‘मैदान घोषणा गरिएको छ, रेस्लिङको बेल्ट लगाउनुस् । ताजा जनादेश लिने भनेपछि किन डराउने ? अरु कुनै प्रभुका चरणमा जाने भनेको होइन, जनताका बीचमा जाने भनेको हो । केपी ओलीले गल्ती गरेको जनताले दन्ड दिन्छन् । तपाईहरु जनता कहाँ गल्ती गरेको भए दण्ड दिन्छन् । तपाईहरु जानुस् ।’


Author

थप समाचार
x