संसद्

प्रधानन्यायाधीश जबराविरुद्ध संसद्‍मा महाअभियोग दर्ता, ९८ सांसदकाे हस्ताक्षर

इकागज |
फागुन १, २०७८ आइतबार ११:४८ बजे

फाइल तस्‍बिर

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। माओवादी केन्द्रका संसदीय दलका प्रमुुख सचेतक देव गुरुङले प्रधानन्यायाधीशविरुद्ध आइतबार संसद्  सचिवालयमा महाअभियोग दर्ता भएको जानकारी दिए ।

उनका अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका सांसदहरूले जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो। प्रस्तावमाथि ९८ जना सांसदले हस्ताक्षर गरेको उनको भनाइ छ ।
 



Author

थप समाचार
x