संसदमा एमालेको नाराबाजी, भीम रावल र देव गुरुङद्वारा एमसीसीको विरोध
काठमाडौं - प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।
तर, एमाले सांसद भीम रावलले एमसीसी पेस गर्न लागिएकोमा विरोध जनाएका छन् । यसअघि माओवादी प्रमुख सचेतक देव गुरुङले पनि सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय गर्नुपर्ने बताएका थिए । एमालेले माधवकुमार नेपालसहित १४ जना गरेको कारबाहीअनुसार सांंसदबाट पदमुक्त गर्न माग गर्दै २३ भदौबाट संसद अवरुद्ध गर्दै आएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया