संसद्

एमाले सांसद नाराबाजी गर्दै, भीम रावल रोष्ट्रममा बाेल्दै

इकागज |
फागुन १५, २०७८ आइतबार १५:२५ बजे

फाइल फोटो

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठक अवरुद्ध गरिरहेका बेला एमालेका नेता भने भीम रावल रोष्ट्रममा बोल्न पुगेका छन् । सभामुख अग्नि सापकोटाले एमसीसीमाथिको छलफलमा भाग लिन चाहेका सांसद्लाई बोल्न ५ मिनेटको समय दिएपछि एमालेबाट भीम रावल बोल्न रोष्ट्रममा पुगेका हुन् ।

एमाले सांसद् बैठक रोक्न नाराबाजी गरिरहेका बेला एमालेकै नेता रावल एमसीसी राष्ट्रघाती भएको, अमेरिकी स्वार्थ पूरा गर्ने परियोजना भएको भन्दै रोष्ट्रममा बोलिरहेका हुन् । सामान्यतयाः प्रतिपक्षी दलले बैठक रोक्न नाराबाजी गर्दा सभामुखले कुनै एक जनालाई बोल्नका समय दिएपछि अरु सांसद् नाराबाजी गर्न छाडेर चुप लाग्ने संसदीय परम्परा छ ।


तर एमालेले बैठक रोक्न माग गरिरहेका बेला प्रतिपक्षी दलकै सांसद्ले रोष्ट्रममा पुगेर बोल्नु फरक दृश्य हो । यसअघि एमालेले आफ्नो दलको निर्देशनविपरित बोलेको भन्दै भीम रावललको भनाईमा आपत्ति जनाउँदै सभामुखको ध्यानाकर्षण गराएको थियो । 


Author

थप समाचार
x