संसद्

बाबुरामको प्रश्न : एमसीसी सम्झौता गर्दा किन विरोध नगरेको ?

इकागज |
फागुन १५, २०७८ आइतबार १६:४६ बजे

फाइल तस्विर

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी पास गर्न आपत्ति लिनुपर्ने कुनै विषय नभएको बताएका छन्। आफू प्रधानमन्त्री भएको समयदेखि एमसीसी नेपालमा सुरु भएको बताउँदै आफैले धेरैपटक यसका नियमहरु हेरेकाले आपत्ति लिनु नपर्ने बताएका हुन्।

‘यतिबेला देश र जनताप्रति जिम्मेवार छौं भने बोल्न सक्नुपर्छ ! प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, ‘मेरो पालामा नेपाललाई विकास गर्न सहयोग आवश्यक छ भनेर एमसीसी ल्याइएको हो ।’ उनले एमसीसीलाई राष्ट्रघात भन्न नसमिल्नेसमेत प्रष्ट्याए ।


‘म नैतिक जिम्मेवार लिन्छु,’ उनले भने, ‘कसरी राष्ट्रघाती छ एमसीसी ?’ उनले नेपालको पूर्वाधार विकास गर्ने एमसीसीको तुरुन्तै पारित गरिनुपर्ने बताए।

‘एमसीसी एउटा सामान्य अनुदान सम्झौता थियो । यसलाई ठूलो बनाइयो,’ उनले भने,‘सामान्य घाउ कोट्याउन थालियो । हामी आपसमा लड्दैछौं ।’ उनले एमसीसी नेपालको हितमा भएको र विकासको बाटोमा भएको बताए ।

पूँजी र प्रविधि नेपालमा नभएकाले पूर्वाधारमा फड्को मार्न एमसीसी आवश्यक रहेको उनले भनाइ राखे । साथै उनले विगतमा दिन अहिले संसदमा रहेका सबै शीर्ष नेता मन्त्री र पूर्वप्रधानमन्त्री रहेका बेला एमसीसी सम्झौता गर्दा के हेरेको ? किन विराेध नगरेकाे भन्दै प्रश्न समेत गरेका छन् । 


Author

थप समाचार
x