एमसीसीबाट बन्ने प्रसारण लाइनले नेपाललाई फाइदा हुँदैन : प्रेम सुवाल
फाइल फोटो
काठमाडौँ - जारी प्रतिनिधि सभामा साना दलका सांसदहरूले एमसीसीबारेको छलफलमा भाग लिँदै सम्झौता पारित गर्ने प्रस्तावको विरोध गरेका छन्। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा एमसीसी ल्याउनु अघि जनतासँग छलफल हुनुपर्ने बताए। एमसीसीमा भारतको सहमति हुनुपर्ने र भारतसम्म प्रसारण लाइन विस्तार गर्ने प्रावधानले नेपाललाई अन्धकारमै राख्ने उनको दाबी थियो।
एमसीसीबाट बन्ने प्रसारण लाइनबाट नेपाललाई फाइदा नहुने हुनाले यो सम्झौता खारेज गर्न माग उनले माग गरे। 'पाण्डोराको बाकस खोलिँदा हिंसा, युद्ध, रोग, भोक, मृत्यु जस्ता खराबी बाहिरिएजस्तै एमसीसी सम्झौता संसद्बाट पारित गरिए त्यस्तै परिणाम आउने छ' सुवालले भने।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया