संसद्

एमसीसीमाथिको सामान्य छलफल प्रस्ताव पारित

इकागज |
फागुन १५, २०७८ आइतबार १८:४ बजे

फाइल फोटो

काठमाडौँ : एमसीसी प्रस्तावमाथिको सामान्य छलफल प्रस्ताव संसद्बाट पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकले एमसीसीमाथिको छलफल प्रस्ताव पारित गरेको हो ।

प्रस्तावमाथि संसद्मा रहेका सबै दलका केही सांसदले पाँच मिनेटको समय लिएर बोलेका थिए । सत्तारुढ सांसदमध्ये धेरैले प्रस्तावको पक्षमा बोलेका थिए । केहीले भने एमसीसीमाथि वृह्त छलफल र संशोधन आवश्यक रहेको धारणा राखेका थिए ।


प्रमुख प्रतिपक्षी दल एमाले सांसदले भने नाराबाजी गरेपनि एमसीसीमाथिको सामान्य छलफल प्रस्ताव पारित भएको हो । आजै बस्ने दोस्रो बैठकले एमसीसी संसद्बाट पारित गर्नेछ । 
 


Author

थप समाचार
x