संसद्

जिम्मेवार हुन मिडियालाई अध्यक्ष तिमिल्सिनाको आग्रह

इकागज |
फागुन १४, २०७७ शुक्रबार १७:३५ बजे

काठमाडौँ : राष्ट्रिय दलित पत्रकार संघ नेपालले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष समाचारमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गरेको छ । संघले शुक्रबार अध्यक्ष तिमिल्सिनालाई भेटेर पछिल्लो समय आमपाठक/स्रोता भ्रममा परेकोप्रति चिन्ता व्यक्त गरेको हो ।

अध्यक्ष तिमिल्सिनाले आमसञ्चारमाध्यमलाई जिम्मेवार हुन आग्रह गरे । संघका अध्यक्ष विनोद पहाडी, उपाध्यक्ष गोपाल बराइली, कोषाध्यक्ष भीम घिमिरे, केन्द्रीय सदस्य रीता बुढाथोकी र काठमाडौँ उपत्यका प्रदेश अध्यक्ष सुशील दर्नालसहितको प्रतिनिधि टोलीले आज सिंहदरबारस्थित कार्यकक्षमा अध्यक्ष तिमिल्सिनासँग भेटवार्ता गरेको हो ।



Author

थप समाचार
x