संसद्

असंवैधानिक अध्यादेश स्वीकार गर्नै सकिन्‍न, अबिलम्ब फिर्ता गरियोस् : खाण

इकागज |
फागुन २३, २०७७ आइतबार १८:३९ बजे

काठमाडौँ : नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले संविधानविपरीत आएको संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश अबिलम्ब फिर्ता गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्‍दै प्रमुख सचेतक खाणले असंवैधानिक अध्यादेश स्वीकार गर्नै नसकिने बताए ।

उनले भने, 'असंवैधानिक अध्यादेश स्वीकार गर्नै सकिन्‍न । पहिलोपल्ट सरकारले फर्कायो अनि फेरि ल्यायो । यो अध्यादेश सदनमा प्रवेश गर्न सक्‍दैन । यो असंवैधानिक अध्यादेश अबिलम्ब फिर्ता गरियोस् ।'


विरोधकाबीच मन्त्रीले अध्यादेश पेश गरेपछि नेपाली कांग्रेसका सांसदहरू नाराबाजी गर्दे बेल घेर्न पुगेका थिए । सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।


Author

थप समाचार
x