चिनियाँ समकक्षीसँग सभामुखको वार्ता
काठमाडौँ– सभामुख अग्नि सापकोटाले चिनियाँ विधायिका (नेशनल पिपुल्स कंग्रेस)का अध्यक्षसँग ली चांसुसँग भर्चअल वार्ता गरेका छन् ।
वार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्धको प्रगाढता, नेपाल र चीनका विधायकहरूको द्विपक्षीय भेटघाट, आदानप्रदान लगायतका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सभामुख सापकोटा र उनका चिनियाँ समकक्षीले एकअर्काको मुलुकमा उपयुक्त समयमा भ्रमण गर्ने पनि कुराकानी भएको छ ।
संसद सचिवालयका वरिष्ठ अधिकारीहरू, परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूका साथै चीनका तर्फबाट पनि पिपुल्स कंग्रेसका विभिन्न समितिका सभापतिहरू र चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरू वार्तामा सहभागी थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया