सांसद विशंखे भन्छिन् : कोभिड-१९ को दोस्रो लहरको तयारी खै ?
काठमाडौँ : सांसद अञ्जना विशंखेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लापरवाहीका कारण कोभिड-१९ को महामारी पुनः बढ्ने संकेत देखिएको बताएकी छन् ।
प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद विशंखेले कर्मचारी व्यवस्थापन र अन्य व्यवस्थापकीय कार्य चुस्तदुरुस्त बनाउन आग्रह गरिन् ।
उनले मन्त्रालयको लापरवाहीका कारण नसर्ने रोगको समस्या र ट्रान्सप्लान गर्ने काम रोकिएको भन्दै तत्काल सुरु गर्ने व्यवस्था मिलाउन आग्रह गरिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संविधानविपरीत प्रतिनिधि सभा भंग गर्ने निर्णय उल्ट्याएर सर्वोच्च अदालतले संविधान बचाएको उनले बताइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया