ललितपुर महानगरको मेयरमा कांग्रेसका महर्जन, उपमेयरमा एमालेकी शाक्य निर्वाचित
फाइल तस्बिर
काठमाडौँ- ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन विजयी भएका छन् ।
महर्जनले हालसम्म ४२ हजार ७ सय २२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५ सय ६० मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य विजयी भएकी छन् । शाक्यले २५०८५ मत ल्याएकी छन् ।
त्यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १८७५२ मत ल्याएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया