दल

बालेनलाई बधाई दिँदै सिर्जनाले भनिन्- 'काठमाडौँवासीको मन जितेँ, मत जित्‍न सकिनँ'

इकागज |
जेठ १३, २०७९ शुक्रवार ८:२४ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले महानगरवासीको मन जित्‍न सके पनि मत जित्‍न नसकेको बताएकी छन् । महानगरपालिकाको मतगणनाको नतिजा सार्वजनिक भएसँगै मेयरमा निर्वाचित बालेन साहलाई बधाई दिँदै यस्तो बताएकी हुन् ।

'विजयी हुने गरि निश्‍चय नै मत जित्‍न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्‍न सकें' सिंहले भनेकी छिन् 'अत लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापुर्वक स्वीकार र आत्मसात गर्दछु ।'


सिंहले बालेनसँगै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई महानगरवासीको भावना बमोजिम कार्य गर्न सुझावसँगै पुर्ण कार्यकालभर रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।


Author

थप समाचार
x