दल

निर्वाचनमा राज्यशक्तिको  चरम दुरुपयोग भएको भन्दै लोसपा बैठकमा छलफल

इकागज |
जेठ २१, २०७९ शनिबार १८:२९ बजे

फाइल फोटो

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यसमिति बैठक शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । बैठकमा स्थानीय तह निर्वाचनमा राज्य शक्तिको दुरुपयोग भएको बन्दै छलफल सुरु भएको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले राज्य शक्तिको दुरुपयोग भएकाले आफ्नो दलले अपेक्षित परिणाम ल्याउन नसकेको बताए । राज्य शक्तिको दुरुपयोगकै कारण आफ्नो पार्टीले अपेक्षित नतिजा हासिल गर्न नसकेको उनको विश्लेषण थियो ।


पहिलो दिनको बैठकमा अध्यक्ष ठाकुरले संघीय निर्वाचनमा कसरी जाने भन्ने बारेमा नेताहरूको धारणा मागेका छन् । बैठक आइतबार पनि जारी रहने छ । 


Author

थप समाचार
x