सरकारमा सहभागी मन्त्री हेरेफेर गर्ने समाजवादीको तयारी
निर्णय गर्ने जिम्मा अध्यक्ष नेपाललाई
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेर गर्ने तयारी गरेको छ । आइतबार पार्टी कार्यालय तीनकुनेमा बसेको समाजवादीको सचिवालय बैठकमा सरकारमा पार्टीबाट मन्त्रीहरूको हेरफेरका बारेमा छलफल भएको उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए ।
यसको अधिकार पार्टी अध्यक्ष माधव कुमार नेपाललाई दिइएको उनले बताए । पार्टीबाट मन्त्री भएकाहरू र शिर्ष नेताहरूबीच छलफल हुने र आवश्यक निष्कर्षमा पुगिने उनको भनाइ छ ।
उनले वाम एकता राम्रै कुरा भएको भए पनि इमान्दारी नभए राम्रो नहुने पुष्टि भइसकेको जिकिर गरे। तुलाधरले गठबन्धन भत्काएर मुलुकलाई बबार्दीतर्फ लान नहुने धारणा राखे । सचिवालय बैठकले पार्टीका सबै कमिटीहरूलाई प्राकृतिक बिपतको पूर्वतयारीका लागि परिचालन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया