दल

अब बजेटपछि मात्र मन्त्री हेरफेरबारे छलफल हुने

इकागज |
जेठ २३, २०७९ सोमबार १५:३० बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) बाट मन्त्रीहरू फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । सोमबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति बनेको हो ।

बजेटपछि मात्रै यसबारे थप छलफल हुने नेकपा एसका एक नेताले जानकारी दिए । उनका अनुसार शीर्ष नेताहरूबीच बजेटपछि यसबारे थप छलफल हुनेछ ।


संसदमा बजेटबारे मन्त्रालयगत छलफल हुने र त्यहाँ मन्त्रीहरूले जवाफ पनि दिनुपर्ने भएकोले अहिले मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ।

'शीर्ष नेताहरूबीच तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ,' गठबन्धन बैठकमा सहभागी ती नेताले इकागजसँग भने, 'बजेटपछि यसबारे थप छलफल हुनेछ ।'

आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । 

नेकपा एसले आइतबार सरकारमा रहेका चारै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।


Author

थप समाचार
x