दल

आधुनिकताको नाममा हुने धर्म परिवर्तनले मुलुक संकटमा : अध्यक्ष थापा

इकागज |
जेठ २३, २०७९ सोमबार १९:९ बजे

जनकपुरधाम - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आधुनिकताको नाममा नेपालको धर्म र संस्कृतिमाथि प्रहार भइरहेको आरोप लगाएका छन्। 

पार्टीद्वारा सञ्चालित `जनता माझमा राप्रपा नेपाल` अभियानको क्रममा मधेशको राजधानी जनकपुरधाममा आयोजित बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भने देशमा आधुनिकताको नाममा तीव्र रुपमा भइरहेको धर्म परिवर्तनले नेपालको अस्तित्व नै संकटमा परेको छ । 


उनले भने आधुनिकता विरोधी आरोपको डरले नागरिक समाजका अगुवा र बुद्धिजिवीहरुसँग बोल्न छाडेपछि नेपालमा आधुनिकताको नाममा धर्म परिवर्तनले मुलुकको धर्म र संस्कृतिमाथि कडा प्रहार भइरहेको छ । 

अध्यक्ष थापाले जातीय पहिचानको लागि राजनितिक दलहरु लड्न तयार रहेपनि धार्मिक संस्कृतिमाथिको हस्तक्षेप रोक्न कुनै चासो नदेखाएको आरोप समेत लगाए । अर्थतन्त्रको दयनीय अवस्थासहितको विभिन्न तथ्यांकहरु प्रस्तुत गर्दै अध्यक्ष थापाले आर्थिक परिवर्तन बिना राजनिति परिवर्तन सार्थक हुन नसक्ने दाबी गरे । 
उनले शिक्षा, व्यापार, स्वास्थ्य सवै क्षेत्रमा राजनिति पुर्ण रुपमा हावी भएकोले आर्थिक क्रियाकलाप हुन नसकेको कारण देशकै अर्थतन्त्र दिनानुदिन खस्किँदै गएको छ । 

यसलाई समयमै नियन्त्रण नगरिए आउँदो दिनमा मुलुक गम्भीर संकटमा फस्न सक्ने बताए । अध्यक्ष थापाले नेपालका नेताहरु सत्ताका लागि जातिय, धार्मिक र सांस्कृति मुद्दा उठाए पनि आर्थिक मुद्दा उठाउन नसकेको कारण देश अहिले नराम्ररी आर्थिक संकटमा फसेको भन्दै राजतन्त्र र राजाको मुद्दा छाडेर आएका राप्रपा नेपालले देशको आर्थिक समृद्धिको मुद्दा उठान गरेपनि अन्य दलहरुले मिल्न तयार नरहेको गुनासो गरे ।


Author

थप समाचार
x