दल

पार्टीकै केही नेताहरूले मेरो बदनाम गर्न खोजे : प्रेम आले

इकागज |
जेठ २४, २०७९ मंगलबार १२:३८ बजे

फाइल तस्‍बिर

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नै पार्टीका केही नेताहरूले आफूलाई बदनाम गर्न खोजेको बताएका छन् । मंगलबार पशुपतिमा विश्वरुपा मन्दिर तथा सत्तल पुनर्निर्माण कार्यको क्षमा पूजासहित शुभारम्भ एवं शिलान्यास कार्यक्रममा मन्त्री आलेले आफ्नै पार्टीका केही नेताहरूले चलखेल गर्‍यो भनेर आफूलाई बदनाम गर्न खोजेको बताए ।

मन्त्री आलेले आफूलाई पदको कुनै लोभ नभएको भन्दै मन्त्री छाड्न तयार रहेको बताए । आफूहरू ६ महिनाका लागि मन्त्री बनेको तर यसबीचमा २ महिना 'ग्रेस मार्क'समेत पाएर ८ महिना सरकारमा बस्न पाएको भन्दै अरुलाई मौका दिँदा आफू खुसी हुने उनले बताए । 


उनले वतास समूहविरुद्धको मुद्दा अघि बढाउनका लागि वडा तहबाट सहयोग नभएको जिकिर गरे । मन्त्री ओलीले पशुपति क्षेत्रको विकासका लागि त्यहा भएका अतिक्रमण हटाएर सुधारका काम गर्ने प्रतिवद्धता जनाए।


Author

थप समाचार
x